|

दोलखा : दोलखामा आगामी  वर्षको जेठमा अन्तरराष्ट्रिय स्तरको चेस प्रतियोगिता सञ्चालन हुने भएको छ।

सदरमुकाम चरिकोटमा २०८० साल जेठ ५ गतेदेखि ९ गतेसम्म स्वर्गीय पूर्वमन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपालको आयोजना, भीमबहादुर तामाङ स्मृति प्रतिष्ठान दोलखा र दोलखा जिल्ला बुद्धिचाल संघको सहयोगमा प्रतियोगिता गर्न लागिएको हो।

चेस होम नेपालका अध्यक्ष गोविन्द श्रेष्ठका अनुसार  दोलखामा पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित जिल्लामा अन्तरराष्ट्रिय स्तरको चेस प्रतियोगिता गर्न लागिको हो।

प्रतियोगितामा नेपाल सहित विभिन्न देशका खेलाडी सहभागी हुनेछन्। खेलमा प्रथम हुने विजयी प्रतियोगीले नगद १ लाख, द्वितीय हुनेले ६० हजार र तृतीय हुने प्रतियोगीले ४० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.