|

काठमाडौं : शीर्ष तीन दलको बैठकले संक्रमणकालीन न्याय निरूपण (टीआरसी) र संवैधानिक परिषद् सम्बन्धी विधेयक सर्वस्वीकार्य र  न्यायपूर्ण बनाउने सहमति भएको छ। मंगलबार बिहान सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा नेपाली कांग्रेस, नेकपा एमलो र माओवादी केन्द्रका नेताहरुबीचको बैठकले यस्तो सहमति गरेको हो। 

बैठकमा सहभागी नेपाली कांग्रेस सांसद ईश्वरी न्यौपानेले टिआरसी र संवैधानिक विधेयकलाई सहमति र सर्वस्वीकार्य बनाउने सहमति भएको जानकारी दिइन्। उनले वैशाख १ गते सिंहदरबारमा बैठक बसेर विषय र प्रक्रियामा पुनः छलफल हुने बताइन्। साथै बैठकमा संसदीय सुनुवाइ समिति गठनका विषयमा पनि दलहरुबीच सहमति भएको छ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए।

यस्तै, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालसमेत बैठकमा सहभागी थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.