|

काठमाडौं : एसीसी प्रिमियर कपमा नेपाललाई यूएईले ११८ रनको लक्ष्य दिएको छ। सोमबार बाँकी रहेको खेल मंगलबार ‘रिजर्भ डे’मा भएको खेलमा नेपालले ११८ लक्ष्य पाएको हो।

अहिले २५ ओभरको खेल सकिँदा नेपालले ८८ रन बनाएको छ भने तीन विकेट गुमाएको छ। 

यूएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ। ​यूएई पनि नेपालसँग जित हात पारेर चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ।

सन् १९८४ मा सुरू एसिया कपको १६ औं संस्करणमा पहिलो पटक सहभागिता जनाउने लक्ष्यमा नेपाल रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.