|

विराटनगर : पहिचान पक्षधरहरूले विराटनगरमा मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन्।

कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट जनाउँदै आएका पहिचान पक्षधरहरूले आज मंगलवार विराटनगरमा विरोध प्रदर्शन गरेका हुन्।

सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीसहित विराटनगर आएका पहिचान पक्षधरहरूले महेन्द्र चौकमा आएर कोणसभा गरेका हुन्। ‘पहिचानको सम्मान गर, मुख्यमन्त्री राजीनामा दे, कोशी नाम मान्दैनौँ’ भन्दै उनीहरूले नारा समेत लगाएका थिए।

जिल्ला प्रशासन कार्यालय मोरङले सोमवारदेखि विराटनगर महानगरका केही ठाउँलाई २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ। प्रदेशसभा पूर्वमा रहेको देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म निषेधित क्षेत्र तोकिएको छ।

यस्तै रोडशेष चौकदेखि दक्षिण जतुवा चौक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चौकदेखि पूर्वतर्फलाई निषेधित क्षेत्र तोकिएको छ।

फागुन १७ गते मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले प्रदेशको नाम कोशी राखेसँगै पहिचान पक्षधर विराटनगरलाई केन्द्र बनाएर आन्दोलनरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.