|

दाङ : दाङमा करेन्ट लागेर घाइते भएका राप्ती गाउँपालिका-३ मसुरियाका ६० वर्षीय गोरखबहादुर केसीको पनि उपचारका क्रममा मृत्यु भएको छ। 

योसँगै करेन्ट लागेर मृत्यु हुने एकै घरका ३ जना पुगेका छन्। शनिवार दिउँसो विद्युतको तार चुँडिएर करेन्ट लाग्दा उक्त घटना भएको हो। २ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति ईश्वर केसीको घटनास्थलमा मृत्यु भएको थियो भने गोरखबहादुर घाइते भएका थिए। उनको उपचारका क्रममा  बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए।

११ केभीको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा खस्दा उनीहरूलाई करेन्ट लागेको थियो। २ मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.