सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले पेश गरेको...
काठमाडौं : नेविसंघ महाधिवेशनमा देखिएको विवाद आइतबार उद्घाटन सत्रमा नेताहरुबीच घोचपेचसम्म पुगेको छ। कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले महाधिवेशन सम्पन्न गर्न पार्टीले बनाएको निर्देशक समिति 'आफै धामी, आफैँ झाँक्री' बनेको आरोप लगाए। एकै रातमा महाधिवेशन प्रतिनिधि छान्ने काम स्वीकार्य नहुने उनले बताए।
नेविसंघको एघारौँ महाधिवेशन उद्घाटन समारोहमा उनले एकै रातमा प्रतिनिधि छानेर महाधिवेशन गर्न खोजिएको आरोप लगाउँदै निर्देशक समिति संयोजक प्रशाशशरण महतलाई व्यंग्य गरे। ‘निर्देशक समिति आफै झाँक्री आफै धामी बन्न पाइन्छ?’ उनले प्रश्न गरे, ‘९ वर्षसम्म प्रतिनिधि छान्न नसकेकै कारण महाधिवेशन भएन, अनि ७५ वटा जिल्लाको प्रतिनिधि छान्न कसरी सम्भव भयो?’
उनले आइतबार एकै रातमा देशभरको प्रतिनिधि छानिएको दावी गर्दै विवाद भएका जिल्लाबारे निर्देशक समितिले नै फरक फरक निर्णय गर्नु गलत भएको बताए। ‘निर्देशक समितिले कहिले ६४ त कहिले ११ वटा जिल्लामा विवाद छ भन्ने अनि फेरि ती विवाद समाधान भयो पनि भन्ने ’ उनले प्रश्न गरे।
नेविसंघका पूर्व अध्यक्ष समेत रहेका केसीले व्यक्तिलाई भन्दा पनि विधानलाई मान्नुपर्नेमा जोड दिए।
निर्देशक समितिले आफूलाई मन नपरेको जिल्लामा मात्रै विवाद देखाउने काम गरेको उनको आरोप थियो। पटक-पटक विवाद भर्इ राेकिएकाे महाधिवेशन सम्पन्न गर्न कांग्रेस नेता प्रकाशशरण महतकाे संयाेकत्वमा निर्देशक समित गठन भएकाे थियाे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।