सुनसरी : कोशी राजमार्गको विराटनगर इटहरी सडक खण्डको दुहबीमा गएराति भएको सवारी दुर्घटनामा एक जना मजदुरको मृत्यु भएको छ। इटहरीबाट विराटन...
जनकपुरधाम : जनकपुरको ऐतिहासिक धनुषसागर पोखरीमा एक युवकको शव फेला परेको छ। अन्दाजी ३०-३२ वर्षीय मधेसी मूलका युवकको शव आइतबार दिउँसो फेला परेको हो।
शवको पहिचान हुन सकेका छैन। स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। प्रहरीले शव बाहिर निकालेर पोष्टमार्टमका लागि जनकपुर अस्पताल लगेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले शवको पहिचान नखुलेको बताए। उनले घटना विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए। मृत फेला परेका युवकको शरीरमा चोट पटक नलागेको उनको भनाई छ।
पोष्टमार्टमपछि मात्र हत्या गरि फालेको कि डुबेर मृत्यु भएकोबारे खुल्ने प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।