|

काठमाडौं : जिल्ला प्रशासन कार्यालय दैलेखले सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारीसँग सेवाग्राही कार्यक्रम प्रभावकारी बनेको छ। प्रजिअ खिमराज भुसालले हरेक दिन दिउँसो १ बजे सेवाग्राहीका समस्या र गुनासा सुन्ने गरेका छन्। 

प्रमुख जिल्ला अधिकारीसँग सेवाग्राही कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध सकारात्मक भएको महशुस गरेको भुसालले बताए । ‘हरेक दिन दिउँसो १ बजे सेवाग्राहीसँगै बसेर उहाँहरूको समस्या/गुनासा सुन्ने र सेवा प्रवाहबारे प्रतिक्रिया लिने गरेको छु’, उनले भने, ‘यो कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्धमा ऊर्जा थपेको महशुस गरेको​ छु।’  

कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी भुसालले नागरिकका गुनासा सुन्ने मात्र नभई तत्काल समस्या समाधान गर्ने काम गरिरहेको बताए। सेवाग्राही पनि आफ्नो गुनासो सिधै प्रमुख जिल्ला अधिकारीसँग राख्न पाउँदा खुशी देखिएका छन्। 

यो कार्यक्रम अन्तर्गत लंगिक हिंसा, बालविवाह र लागुऔषध दुर्व्यसन लगायत समस्या न्यूनीकरण गर्ने विषयमा समेत सेवाग्राहीसँग छलफल गरिरहेको प्रजिअ भुसालले जानकारी दिए । 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.