समाज

गोरखामा टिपरको ठक्करपछि उपचाररत एक सैनिक जवानको मृत्यु

असार १८, २०७७

    गोरखा : नेपाली सेनाको गाडीलाई ट्रिपरले ठक्कर दिँदा घाइते भएका चार जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार साँझ साढे पाँचबजेतिर गोरखा नगरपालिका ११ को १५ किलोघुम्तीमा टिपरले ठक्कर दिँदा घाइते भएका चार जनामध्ये एकको आज उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

    मृत्यु हुने पालङुटार नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय सिपाही प्रेम परियार हुन्।

    घाइते चार जनामध्ये प्रेम र रञ्जितको अवस्था गम्भीर रहेपछि थप उपचारका लागि चितवन लगिएको थियो। सीताराम र इन्द्रको भने गोरखा अस्पतालमा उपचारपछि गणमा फर्किसकेका थिए।

    गम्भीर घाइते भएर चितवन नै लगिएका रञ्जितको पनि आइसियुमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घटनालगत्तै टिपर चालक गण्डकी गाउँपालिका-८ बस्ने ३१ वर्षिय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको थप अनुसन्धान गरिरहेको डिएसपी बासुदेव खतिवडाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]