|

काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिँदै आएको श्रम स्वीकृतिसहितका सबै सेवा अनिश्चितकालका लागि बन्द भएको छ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको कारण कार्यालयबाट हुने सम्पूर्ण सेवा बन्द गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, 'कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि २०७६-६-१४ बाट अर्को सूचना प्रकाशित नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरीएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.