|

काठमाडौं :  फागुन १३ गते देखि प्रर्दशनमा आएको बहुप्रतिक्षित फिल्म लुट-२ ले आक्रामक व्यापार गरेको छ। यस फिल्मले सुरुवाती ४ दिनमा ४ करोड ५० लाखको ग्रस कलेक्सन गरिसकेको छ। फिल्मले शुक्रबार र शनिबारमात्रै ३ करोड कलेक्सन गरेको थियो।

'सोमबारसम्म ४ करोड ५० लाख कमाइसकेको छ,' निर्माता माधव वाग्लेले भने.' मल्टप्लेक्समा अहिले पनि हाउसफुल नै छ। सिङ्गल थिएटरमा भने केही मात्रामा दर्शक घटेका छन्। त्यो हुन्छ पनि,' उनले भने।

निश्चल बस्‍नेतले निर्देशन गरेको लुट-२ लाई दर्शकले भने मिश्रित प्रतिक्रिया दिइरहेका छन्। कसैले चलचित्र निकै उत्कृष्ट बनेको टिप्पणी गरेका छन् भने कसैले कथा बिनाको फिल्म भन्‍ने आरोप लगाएका छन्।

निर्देशक निश्चल बस्‍नेत दर्शकले दिएको त्यस प्रतिक्रियालाई स्वभाविक मान्छन्। 'दर्शकले जे देख्‍नुभयो, त्यही भन्‍नुभयो। अलि राम्रो बनाउनुपर्थ्यो त्यसमा म केही चुके।'

तर कथा बिनाको फिल्म भन्‍ने आरोप मान्‍न उनी तयार छैनन्। फिल्म लुट-२ कलाकारले गर्दा चलेको हो भन्‍ने आरोप पनि निश्चललाई लागेको छ। त्यस कुरामा पनि उनी सहमत छैनन्। 'कलाकार मात्रै हेर्ने हो भने त टिभी मै हेरे भैहाल्यो नि,' उनले भने,'फिल्ममा कलकारले गरेको अभिनय प्रंशसनिय छ। तर सबै पक्षकै समिश्रणपछि फिल्म तयार भएको हो।

अब दर्शकले लुट-३ हेर्न पाउँछन् कि पाउदैंनन् भन्‍ने हाम्रो प्रश्नमा उनले भने 'अब कथा राम्रो पाए भने लुट-३ बन्‍नसक्छ। तर कुनै ग्यारेन्टी भने छैन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.