|

रौतहट : बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

गत असोज १६ गते रौतहटको बृन्दावन नगरपालिकाको उखुबारीमा सन्जु कुमारी साहको जबरजस्ती करणी गरी हत्या भएको थियो। बलात्कार र हत्या आरोपमा बृन्दावन–४ पल्टुवाका ४५ वर्षीय चुन साह तेलीलाइ प्रहरीले आज सार्वजनिक गरेको हो।

 

 


 

रौतहट गढीमाई नगरपालिका–१ समनपुरका सीताराम साहको १४ वर्षकी सन्जा कुमारी साहको शव शंकास्पद अवस्थामा फेला परेको थियो। अभियुक्त साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरले सार्वजनिक गरेको हो।

वृन्दावन नगरपालिका–४ पलटुवाटोल मामाघरमा बसेकी सन्जा कुमारीको सोही गाउँका होस नारायण यादवको उखुबारीमा शव फेला थियो।  जिल्ला अदालत गौरबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.