|

काभ्रे : काभ्रेमा कोरोना भाइरसबाट थप एक महिलाको मृत्यु भएको छ। बेथानचोक गाउँपालिकाकी एक महिलाको धुलिखेल सामुदायिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।

योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। जसमा ८ पुरुष र ६ महिला रहेका छन्। त्यस्तै अन्यत्र स्थायी घर भई काभ्रेमा उपचार क्रममा ४ पुरुष र ३ महिला गरी ७ जनाको मृत्यु भएको छ।

जिल्ला ३१ जना नयाँ संक्रमित थपिए

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको अनुसार जिल्लामा मंगलबार ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका ४ महिला र ६ पुरुष, मण्डनदेउपुर नगरपालिकाका २ पुरुष, पनौती नगरपालिकाका ५ पुरुष र ५ महिला, पाँचखाल नगरपालिकाका १ महिला, तेमाल गाउँपालिकाका १ पुरुष र १ महिला र धुलिखेल नगरपालिकाका १ महिला र ५ पुरुष छन्।

जिल्लामा संक्रमित संख्या १ हजार ३ सय १५ जना पुगेको छ। कोरोनामुक्त हुनेको संख्या ७१ छ। त्यस्तै जिल्लामा सक्रिय संक्रमित संख्या ५ सय २८ जना छ।

जसमा महिला २ सय १७ जना र पुरुष ३ सय ११ जना रहेका छन्। सक्रिय संक्रमितमध्ये १ सय ४ जना अस्पतालको आइसोलेशनमा र २ सय ४७ जना होम आइसोलेसनमा छन्।

त्यसैगरी जिल्ला बाहिरका अस्पतालको आइसोलेसनमा १ पुरुष र होम आइसोलेसनमा ३ महिला र ४ पुरुष गरी ८ जना छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.