|

कपिलवस्तु : कपिलवस्तु नगरपालिका–३ तौलिहवाका कानुन व्यवसायी राजेन्द्र पाण्डेको कोरोनाका कारण बुधबार निधन भएको छ। ७० वर्षीय पाण्डेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा उपचार क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

दीर्घ रोगको समस्या रहेका उनमा अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि मंगलबार भैरहवा लगिएको थियो। बिहान १० बजे भेन्टिलेटरमा उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो।

मृत्युपछि सङ्क्रमण भएको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताएका छन्।

योसँगै जिल्लामा १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कपिलवस्तुमा बुधबारसम्म १ हजार ७ सय ८१ जनामा कोरोना सङ्क्रमित भएका छन्। ८७ जना सक्रिय सङ्क्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.