काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना बराबरीमा रोकिएको छ।
आइतबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो। घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेलेको हो। खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
तर, खेलको ८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई हारबाट जोगाए। बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ। बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ। काडिज २५ अंक जोडेर १४ औं स्थानमा रहेको छ।
गएराति नै भएको अर्को खेलमा रियल सोसिडाडले एलाभेसलाई ४-० ले हराउँदा हुसाउनाले ग्रानाडालाई ३ २ले हरायो। यस्तै एथ्लेटिको बिल्वाओ र भिल्लारियलले एक एकको बराबरी खेले।
तपाईंको ईमेल गोप्य राखिनेछ ।