|

काठमाडौं : प्रेस काउन्सिल नेपालद्वारा आयोजित  ८० घण्टे अर्थात दुई महिने ‘भर्चुअल’ आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ।

प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्स्टिच्युटद्वारा संयुक्त रुपमा संचालन गरेको उक्त तालिम कर्णाली तथा उच्च हिमाली क्षेत्रका पत्रकारहरूलाई लक्षित गर्दै गत फागुन १७ देखि संचालनमा ल्याएको तालिम शुक्रबार सम्पन्न भएको हो।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मर्यादित पत्रकारिताका लागि काउन्सिल सदैव क्रियाशील रहेको बताएका थिए।

समापन समारोहमा नेपाल प्रेस इन्स्टिच्युटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेती, काउन्सिलका वरिष्ठ प्रकाशकीय अधिकृत तथा प्रवक्ता दीपक खनाल, उप-प्रशासकीय अधिकृत रामशरण बोहरा, उप-प्रशासकीय अधिकृत राधेश्याम अधिकारी लगायतको उपस्थिति थियो।

उक्त तालिमको प्रमुख प्रशिक्षकमा नेपाल प्रेस इन्स्टिच्युटका संयोजक कपिल काफ्ले, वरिष्ठ पत्रकार तीर्थ कोइराला , काउन्सिलका वरिष्ठ प्रकाशकीय अधिकृत दीपक खनाल, उप-प्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहरा लगायतले प्रशिक्षण दिएका थिए।

गुगल मिट एप्लिकेसनमार्फत  सुरु गरेको उक्त तालिममा देश भरबाट करिब एक सय जना पत्रकारहरूले आवेदन दिएका थिए भने सुरुवातमा ६५ जना पत्रकारको उपस्थित थिए भने  समापन सम्ममा केवल ३८ जना पत्रकारहरू पूर्णरुपमा सहभागि भएका थिए।

तालिममा सक्रिय सहभागीता जनाएका ५१ जना पत्रकारलाई एउटा कार्यक्रम आयोजना गरी प्रमाणपत्र हस्तान्तरण गर्ने योजना रहेको तालिमका प्रमुख प्रशिक्षक कपिल काफ्लेले बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.