|

भोजपुर जिल्लाको एक नम्बर क्षेत्रका पूर्व संसद् सदस्य एवम् अरुण मावि दिङ्लाका चर्चित पूर्व–प्रधानाध्यापक नरेन्द्र बस्नेत जेठ १० गते  सदाका लागि हामीबाट बिदा भएको आकस्मिक खबरले जिल्लाका बुद्धिजीवीहरू स्तब्ध भए। 

करिब ७१ वर्षको उमेरमै उहाँ यसरी जानुहोला भनेर उहाँका केही विद्रोही र आगो ओकल्ने स्टाटस फेसबुकमा पढ्नेहरूलाई विश्वासै लाग्न सकेको छैन। उहाँ भर्खरै वैशाखमा भोजपुरका पूर्व- प्रधानाध्यापकहरूको वैशाख ३ देखिको एउटा अभियानमा सरिक भएर तराईको आफ्नो निवास मोरङको खोर्सानेमा फिर्नुभएको थियो।

उहाँका परिवार पहाडतिरै भएका बेला जेठ एक गते शरीर असहज भएर विराटनगर अस्पताल भर्ना हुनुभएको फेरि फिरेर घर पुग्न पाउनुभएनछ। यस्ता थुप्रै विषादका खबरमध्ये नरेन्द्रसरको खबर विशेष उल्लेखनीय रहेको छ। 

वि सं २०५१को निर्वाचनदेखि सिद्धान्तभन्दा पैसा र अन्य प्रभावको एमालेमा प्रवेश भयो। भोजपुरका ३ नर्वाचन क्षेत्र २ वटा कायम भएपछि उहाँले पार्टीबाट टिकट पाउनुभएन। एमालेमा राष्ट्रियताको सवाललाई लिएर मत विभाजन हुने र पजेरोकाण्डहरू सुरु भएपछि नरेन्द्र सर नेकपा एकताकेन्द्र र नेकपा एकीकृत मिलेको पार्टीतिर आकर्षित बन्नुभयो।

नरेन्द्र सर पूर्वाञ्चलको शिक्षाको केन्द्र दिङ्लाको अरुण इङ्लिस माविमा २०२७ देखि प्रधानाध्यापक हुनुहुन्थ्यो। त्यहाँ प्रधानाध्यापक रहनुभएका दयाराम श्रेष्ठ सम्भव बिदा भएपछि नरेन्द्र सरले त्यो पद सम्हाल्नुभएको थियो। दिङ्लाकै सभ्रान्त बस्नेत परिवारका सदस्य र तराईको बसोवास भए पनि विचारको एउटा खास मिसनबाट प्रेरित भएर नरेन्द्र सर दिङ्लामा शिक्षक भएर जानुभएको थियो।

त्यो मिसन तत्कालको कुनै सशस्त्र विद्रोहको होइन। मनमोहन अधिकारी नेतृत्वको नेकपा मेची —कोशी कमिटीका प्रशिक्षण र संगठनको शान्तिपूर्ण आन्दोलन थियो। तर, त्यो पञ्चायती कालमा पनि कम्युनिष्टको नाम सुन्न नचाहनेहरूबीचसमेत उहाँले भद्र सम्बन्ध राखेर राजनीतिक विचार प्रवाह गर्नुहुन्थ्यो। पछि त उहाँ अखिल छैटौँ अर्थात् निर्मल लामाको चौथो महाधिवेशनबाट प्रभावित हुनुभयो। त्यसका लागि काम गर्न थाल्नुभयो। तर जहाँ रहे पनि उहाँको कार्यशैली भने उत्ताउलो थिएन, शान्त , भद्र र पारदर्शी नै हुन्थ्यो।

विसं २०४६ को जनआन्दोलनपछि उहाँ एमालेमा सामेल हुनुभयो। २०४८को चुनावमा भोजपुर क्षेत्र नं ३को  एमाले सांसद बन्न सफल हुनुभयो। तर, एमालेको बहुदलीय जनवादपारित गरेको पाँचौँ महाधिवेशनमा उहाँ नौलो जनवादी पक्षमा लाग्नु भएपछि उहाँ किनारा लाग्न थाल्नुभयो।

वि सं २०५१को निर्वाचनदेखि सिद्धान्तभन्दा पैसा र अन्य प्रभावको एमालेमा प्रवेश भयो। भोजपुरका ३ नर्वाचन क्षेत्र २ वटा कायम भएपछि उहाँले पार्टीबाट टिकट पाउनुभएन। एमालेमा राष्ट्रियताको सवाललाई लिएर मत विभाजन हुने र पजेरोकाण्डहरू सुरु भएपछि नरेन्द्र सर नेकपा एकताकेन्द्र र नेकपा एकीकृत मिलेको पार्टीतिर आकर्षित बन्नुभयो।

यसरी उहाँ वैचारिक र सांगठनिक रुपमा अस्थिर जस्तो देखिनुभए पनि व्यक्तिगत सम्बन्ध उहाँको सबैसँग राम्रो थियो। उहाँको अस्थिरता र विचलनको मुख्य कारण इमान्दारीको खोजी नै थियो। उहाँ राजनीति  भद्र होस्, जनताको आवश्यकताअनुरूप होस्, षड्यन्त्रको खेल नहोस् भन्ने चाहनुहुन्थ्यो। तर, अफसोच, नेपालमा उहाँले चाहना गरेजस्तो राजनीति भएको उहाँले देख्नै पाउनु भएन। 

उदार स्वभाव भएकै कारण नरेन्द्र सरले अन्तरजातीय विवाह गर्नुभएको थियो। संखुवासभा जिल्ला ताम्कुको राई परिवारमा उहाँको वैवाहिक सम्बन्ध थियो। उहाँका दुइभाइ छोरामध्ये एउटाको केही महिनाअघि मात्र विवाह भएको थियो। 

यतिबेला त नरेन्द्र सर सहकारी अभियानमा हुनुहुन्थ्यो। एक समय उहाँ धार्मिक मिसनको  प्रभावमा पर्नुभएको तर पछि त्यहाँ पनि गल्ती भएछ भनेर सनातन धर्मतर्फ नै फिर्नुभयो भन्ने सुनियो।

 यसको तात्पर्य उहाँ कहीँ न कहीँ गएर भए पनि इमान्दारीसँग मानिसको उन्नति गर्ने काममा लागिरहन चाहनुहुन्थ्यो। नरेन्द्र सर अहिले कम्युनिष्ट पार्टी फुटेकोमा निकै दुखित र आक्रोशित हुनुहुन्थ्यो। नेकपाका नेतालाई नालायक भन्दै कुनै पक्षमा नलाग्ने उहाँका फेसबुक स्टाटसमा लेखिएका हुन्थे।

 उहाँ इण्डोप्यासिफिक रणनीतिमा सामेल हुने र एमसिसीको सहयोग ग्रहण गर्ने कुरामा घोर विरोध गर्दै आउनुभएको थियो। साम्राज्यवाद र विस्तारवादको चक्रव्यूह हो भन्ने नरेन्द्र सर  ठान्नुहुन्थ्यो।

उदार स्वभाव भएकै कारण नरेन्द्र सरले अन्तरजातीय विवाह गर्नुभएको थियो। संखुवासभा जिल्ला ताम्कुको राई परिवारमा उहाँको वैवाहिक सम्बन्ध थियो। उहाँका दुइभाइ छोरामध्ये एउटाको केही महिनाअघि मात्र विवाह भएको थियो। 

नरेन्द्र सर बिदा हुँदा भोजपुर जिल्ला, खासगरी उत्तरी भेग दिङ्लाबाट पलायन भइरहेको बौद्धिक वर्गको अभाव हुँदाका बखत राजनीतिक चेतना र सामाजिक जागरुकताको दियो बालेर बसेको एउटास्तम्भ ढलेको महसुस भएको छ।       

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.