|

काठमाडौं : सरकारले मंगलबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको छ। यसअघि संसदमा विचाराधीन नेपालको संविधान दोस्रो संशोधन २०७३ विधेयक फिर्ता लिएको सरकारले मंगलबार साँझ अर्को विधेयक दर्ता गरेको हो।

साँझ कानुन मन्त्रालयका अधिकारीहरुले संसद सचिवालयमा गई विधेयक दर्ता गराएका हुन्। मधेसी मोर्चाको माग संबोधन हुने गरी सरकारले संविधान संशोधनको अर्को विधेयक दर्ता गरेको हो। सरकारले संविधानको धारा २ सय ७४ का केही उपधारा संशोधन गरेर सीमांकन परिमार्जनको व्यवस्थालाई सरल बनाउन लागेको छ।

त्यस्तै नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय पनि संविधान संशोधन विधेयकमा समावेश गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदमा विचाराधीन विधेयक फिर्ता लिने निर्णय गरेको थियो। त्यसै अनुसार मंगलबारको संसद बैठकमा कानुन मन्त्री अजयशंकर नायकले उक्त विधेयक फिर्ता लिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ संशोधन विधेयकमा मधेसी मोर्चा र प्रतिपक्षी नेकपा एमालेको पनि सहमति रहने दावी गर्दै आएका छन्।

हेर्नुस् संशोधन विधेयकमा के छ?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.