|

काठमाडौं : यसवर्ष सयपत्री फूलको आयत बढ्ने भएको छ। 

विगतका वर्षहरुमा कुल खपतको १० प्रतिशत सयपत्री फूल भारतबाट आयत हुने गरेकोमा यो वर्ष बढेर १५ प्रतिशत आयत हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। 

केहि दिन अघिको बेमौसमी भारी वर्षाले पनि फूलखेतीमा क्षति भएकोले आयत बढ्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। उनका अनुसार बेमौसमी वर्षाले लुम्बिनी प्रदेशमा फूलखेतीमा बढि नोक्सान पुर्‍याएको छ। 

तिहारमा १५ लाखको हाराहारीमा सयपत्रीको माला खपत हुने गर्छ। १५ लाखमा यो वर्ष २ लाखदेखि साढे २ लाख वटासम्म माला भारतबाट आयत हुने अनुमान गरिएको तामाङले जानकारी दिए। 

तिहारका लागि मखमली र गोदावरी फूल भने स्वदेशकै उत्पादनले पुग्ने एसोसिएसनले जनाएको छ। तिहारमा मखमली र गोदावरीको करिब ३ लाख माला खपत हुन्छ। यसैबीच फूलहरुको पर्व तिहार नजिकिँदै गर्दा यो वर्ष पनि ललितपुरको जावालाखेलमा गोदवारी फुलको प्रदर्शनीको तयारी भएको छ। 

फ्लोलिकलचर एसोसिएसन नेपालले यहि कार्तिक १२ गतेदेखि १५ गते सम्म १४ औं गोदावरी पुष्प प्रदर्शनी गर्न लागेको हो। 

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले बताउनुभयो । प्रदर्शनीमा ४८ वटा स्टल राखिनेछ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.