|

काठमाडौं : विपन्न आरक्षण कोटा खारेजीको माग गर्दै विद्यार्थीहरुले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्जको डिन कार्यालयमा तालाबन्दी गरेका छन्।

विपन्नताको परिभाषा नै गलत रहेको र यस्तो कोटामा आउने विद्यार्थीहरु वास्तविक विपन्न नहुने गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन आईओएमले मंगलबार डिन कार्यालयमा ताला लगाएको हो।

आईओएमजस्तो संवेदनशील क्षेत्रमा आरक्षण दिन नहुने उनीहरुको माग छ। आरक्षणको नाममा हुने वेथितिहरुको उचित समाधान नभए थप कडा संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी विद्यार्थीहरुले दिएका छन्।

तालाबन्दी गर्नुअघि विद्यार्थीहरुले डीन प्रा.डा. जगदीश अग्रवाललाई कार्यकक्षबाट बाहिर निकालेका थिए।

आन्दोलनमा उत्रिएको स्ववियुका सभापति मिलन गैरेले विशेषज्ञ चिकित्सक बन्नका लागि योग्यता र क्षमता चाहिने भन्दै महिला, गरीब, जनजाित भन्दै आरक्षण छुट्याउन नहुने बताए।

एमबीबीएस पास गरिसकेपछि काममा सहभागी हुनैपर्ने भएकोले पोस्ट ग्र्याजुएसन गर्न आउनेले पैसा कमाइसकेको हुने र ऊ गरीब नहुने गैरेको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.