|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाधा अड्काउ फुकाउको आदेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को साउन ९ गतेको सिफारिसअनुसार संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गरेको जनाएको छ।

हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति

मिति २०७३ साल श्रावण १० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट "नेपालको संविधानको धारा २९८ मा संक्रमणकालीन मन्त्रिपरिषद्‌सम्बन्धी व्यवस्था रहेको, सोही व्यवस्थाबमोजिम व्यवस्थापिका-संसदबाट वर्तमान प्रधानमन्त्री निर्वाचित भई निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन भएकोमा धारा २९८ को उपधारा (८) बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिनु भएको तर अर्को प्रधानमन्त्री निर्वाचित हुने स्पष्ट व्यवस्था उक्त धारामा नरहेको कारण अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकोले नेपालको संविधानको धारा २९८ को उपधारा (२) वा (३) बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने" गरी मन्त्रिपरिषद्को मिति २०७३/४/९ को सिफारिसमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गर्नुभएको छ।

अब राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ आदेशलाई व्यवस्थापिका–संसद समक्ष अनुमोदनका लागि पेश गर्नुपर्ने छ। संसदले अनुमोदन गरेपछि मात्र बाधा अड्काउको आदेश कार्यान्वयन हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.