|

राजविराज : सशस्त्र प्रहरीले आज (शुक्रबार) सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। हनुमाननगर–कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडकखण्डबाट १ हजार ५ सय टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको युपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रकचालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध बाबु र सहचालक २३ वर्षीय धिरजकुमारलाई पनि नियन्त्रणमा लिएको तामाङले बताए। तेलको बजारको मूल्य करिब ५४ लाख ९६ हजार रूपैयाँ रहेको छ।

नियन्त्रणमा लिइएको ट्रकको मूल्य ५५ लाख र तेलको मूल्य ५४ लाख ९६ हजार रूपैयाँ राखेर तेलसहित ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

गस्ती टोलीको नेतृत्व गर्दै निरीक्षक तामाङले ट्रकचालकलाई सोधपुछ तथा जाँच गर्दा उक्त तेल र ट्रकको नेपाली कागजपत्र र बिजक नपाएपछि नियन्त्रणमा लिएको बताइएको छ। ट्रकचालकले कुनै वेला भारत हिँडेको त कुनै वेला बाटो बिर्सिएर नेपाल प्रवेश गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.