काठमाडौं : नेपाली जनजीवनमा स्वास्नीमान्छे वा महिलालाई जनाउन आइमाई शब्द पनि प्रयोग गरिन्छ। शहरी क्षेत्रमा धेरै प्रयोग नभएपनि गाउँघरमा सामान्त: विहे भएका महिलालाई आइमाई शब्दले चिनाइन्छ। हाँस्य व्यंग्य साहित्यकार भैरव अर्यालले आइमाई शव्दको आफ्नै ढंगले अर्थ लगाएका छन्।
आ– आगो
इ–इर्श्या
मा– मायालु
ई– ईख
सन् १९७०/७१ सालको कुरा हो। त्यतिबेला बान्की गोजीका भन्ने पकेट पत्रिका निस्कन्थ्यो, जसको सम्पादक थिए साहित्यकार हरिभक्त कटुवाल। दुई/तीन वर्ष पत्रिका निकालेपछि उनी नेपाल नबस्ने निर्णय गरी आसाम जाने भए। तर, चर्चित साहित्यिक पत्रिका बान्की प्रकाशित भइरहोस् भन्ने उनको चाहना थियो। साहित्यकार कटुवालले डा. विश्वम्भर प्याकुरेललाई पत्रिकाको जिम्मा लगाए। तर प्याकुरेल एक्लैले पत्रिका निकाल्न सक्ने अवस्था नभएपछि राम थापासँग सहयोग मागे। प्याकुरेल र थापा मिलेर यो पत्रिका प्रकाशन गर्ने निर्णय गरे।
साहित्य क्षेत्रमा भर्खरै लागेका प्याकुरेललाई बान्की गोजीका पत्रिकाको शाख जोगाउनु निकै चुनौतीपूर्ण रह्यो। पत्रिका निकाल्ने क्रममा उनले धेरै साहित्यकारहरुलाई भेटे। गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कमा उनले नियमित लेख्ने भएका कारण उनको चिनजान त्यतिबेला गोरखापत्रमा कार्यरत साहित्यकार भैरव अर्यालसँग थियो। एक दिन प्याकुरेलले अर्याललाई बान्की पत्रिकाका लागि केही लेखिदिन आग्रह गरे।
अर्यायाले आइमाई भन्ने लघु कथा लेखिदिए। त्यसै लघुकथामा हो उनले आइमाईको आफ्नै ढंगको अर्थ खुलाएका। आइमाई जब रिसाउँछ आगो जस्तै बल्छ, त्यत्तिकै पोल्छ पनि। आइमाई आगोको प्रतीक हो।
आईमाई अत्यन्तै इर्श्यालु, हुन्छन्, ईर्श्या गर्नु उसको मुख्य गुण हो।
जब आईमाईको माया पाइन्छ त्यति धेरै माया दुनियाँमा कसैको पाइदै पाइदैन। त्यति त पुरुषले गर्नै सक्दैन। त्यसैले मायाको खानी नै हो।
कसैले केही भन्यो वा हेपाहा प्रवृत्ति देखायो भने आइहाईले यति धेरै ईख लिन्छन् कि, सर्पको विषको भन्दा पनि बढी।
त्यो समयमा भैरव अर्यालले लेखेको यो लघुकथाले राम्रै चर्चा पाएको थियो। विश्वम्भर प्याकुरेल र राम थापाले तीन संस्करण प्रत्रिका निकालेपछि यो बन्द भएको थियो।
साहित्यकार डा. विश्वम्भर प्याकुरेलसंगको कुराकानीपछि
तपाईंको ईमेल गोप्य राखिनेछ ।