|

बुटवल : रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डाक्टर कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ।

मंलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका डाक्टर भुसालको रिट खारेज गर्ने फैसला गरेको थियो।

यसअघि निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डाक्टर भुसालले दिएको उम्मेदवारीे खारेज गरिदिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध भुसालले सर्वोच्चमा रिट दायर गरेका थिए।

तर सर्वोच्चले अन्तिम फैसला गर्दै आयोगको निर्णयलाई सदर गरेको हो। यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगसमेतका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।

रुपन्देही क्षेत्र नं २ मा नै यसअघि नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी पनि निर्वाचन आयोगले खारेज गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.