|

सुर्खेत : ढुवानी समस्याका कारण हुम्ला जिल्ला अस्पतालमा औषधी अभाव भएको छ। नयाँ आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएको हो।  

सिमकोट गाउँपालिका–८ का अनिल शाहीले अस्पतालमा औषधी नपाएपछि समस्यामा परेको बताइन्।  अस्पतालमा भर्ना भएर उपचार गरिरहेका बिरामीले पनि औषधी बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था रहेको उनले सुनाइन् । ‘सात जना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन्’, उनले भनिन्, ‘तर सबैले औषधि भने बाहिरबाट महँगोमा किनेर उपचार गर्नुपर्ने अवस्था छ।’

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा पनि औषधी नभएको बताए। अस्पतालको भण्डारमा औषधी नभएपछि बिरामीको जाँच गरेर अन्यत्र पठाउनुपर्ने अवस्था रहेको उनले बताए । उनले शल्यक्रिया गर्दा र प्रसूति गराउँदा आवश्यक औषधी नभएको बताए। यस्तै  दम, निमोनिया, अन्य दीर्घरोगीका बिरामीका लागि आवश्यक पर्ने औषधी पनि अस्पतालसँग नभएको जानकारी दिए। ‘सिटामोल समेत केही दिनमै अभाव हुने अवस्थामा छ’, उनले भने।

नेपालगञ्ज विमानस्थलमा सात क्विन्टल अत्यावश्यकदेखि सबै औषधी खरिद गरेर राखिएको भए पनि ढुवानी हुन सकेको अस्पतालले बताएको छएयरलाइन्सहरूसँग हारगुहार गर्दा पनि हालसम्म ढुवानी गर्न नमानेको सिंहले बताए। ‘प्रदेश आपूर्ति केन्द्र सुर्खेतसँग दुई महिना अगाडि ७५ प्रकारका औषधि माग गरेर पठाएपनि अहिलेसम्म आएको छैन’, उनले भने। अस्पतालमा हालसम्म अघिल्लो आर्थिक वर्षको औषधीले काम चलाइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.