|

दार्चुला : एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।  उनी २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी भएका हुन्। 

बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना २६ हजार तीन सय ८१ मत ल्याएर पराजित गरे। मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो। 

मन्त्री बडू एमालेका ठगुन्नाभन्दा दुई हजार एक सय ३४ मत बढी ल्याएर विजयी भएका हुन्। पराजित ठगुन्ना यसअघि २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। 

यस्तै दार्चुलामा प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (२) मा सत्ता गठबन्धनकै माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.