|

अर्घाखाँची : बुटवलको बेल्बासमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। युवाको समूहले आक्रमण गर्दा बुटवल उपमहानगर पालिका १३ जितगढीका ५४ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालका दिवस र दिपेश दुई छोरा घाइते भएका छन्। स्थानीय प्रदीप पाण्डेको अगुवाइमा शुक्रबार साँझ यमप्रसाद नेपालको घरमा ५र७ जनाको समूह आएर आक्रमण गरेका थिए। आक्रमणमा परि घाईते भएका नेपालको बेल्बासस्थित एडमण्ड सिटी अस्पतालमा शुक्रबार साँझ  मृत्यु भएको प्रहरीले जनाएको छ।  

घरायसी विवादपछि बिहीबार दिपेशले प्रहरीमा मौखिक उजुरी दिएका थिए। पछि घरमै मिल्ने भनेपछि निवेदन फिर्ता गरेका प्रहरीले जनाएको छ। 

शुक्रबार छलफल गर्ने भन्दै नेपालको घरमा पुगेका ५/७ जनाको समूह एक्कासी कुटपिटमा उत्रिएपछि घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

आक्रमणबाट अचेत भएका यमप्रसादलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।

कुटपिटमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। घटनामा संलग्न अरू फरार रहेको र  उनिहरूको खोजी भइरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.