|

काठमाडौं : झापामा हात्तीलाई थापेको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ।

विद्युतीय धरापमा परL बिर्तामोड नगरपालिका– ७  बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए। 

प्रहरीका अनुसार श्रेष्ठले जंगली हात्तीबाट जोगिन घर वरिपरि धराप राखेका थिए। उनी गएराति साढे ११ बजे शौचालय जाने क्रममा राखेको धरापमा परेर घाइते भएका थिएl 

श्रेष्ठको उपचारका क्रममा राति नै बिर्तासिटी हस्पिटलमा मृत्यु भएको डिएसपी रिजालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.