|
प्रतीकात्मक तस्विर

रूपन्देही : काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेका एक युवकलाई प्रहरीले रूपन्देहीको भैरहवाबाट पक्राउ गरेको छ। 

रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की पक्राउ परेका हुन्। कार्कीसँग चोरीका तीन थान मोबाइल पनि बरामद भएको अर्यालले बताए। 

कार्कीलाई पक्राउ गरी बरामद मोबाइलसहित कारबाहीका लागि शुक्रबार नै प्रहरी वृत्त महाराजगञ्ज काठमाडौं पठाएको उनले जानकारी दिए।

फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो। 

मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुटिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.