|

लमजुङ : दोर्दी गाउँपालिका–८ मा जलेर  वृद्धको मृत्यु भएको छ।

बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको हो। गएराति घरमा अचानक आगलागी हुँदा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। 

कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्तताका कारण बाहिर निस्किन नसक्दा उनको जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीले बताए। चुलोमा बलेको आगो निभाउन बिर्सिँदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ। 

आगलागीबाट छाप्रो नजिकै रहेको सात भेँडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.