|

काठमाडौँ : सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गरेर संसद्‌मा ल्याउन निर्देशन दिएका छन्।

मंगलवार संसदीय समितिका सभापतिहरु र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका हुन्। 

उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरुलाई संसद्‌को आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडि नै बैठक बसी टुंग्याउन निर्देशन दिए। 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरुको अवस्थाको बारेमा जानकारी लिएको बताए। 

उनले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरु छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउने गरी तयारीस्वरुप बैठक राखिएको बताए। 

सभामुख घिमिरेले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रुपमा अगाडि बढाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.