|

इलाम : इलामको सन्दकपुर प्राकृतिक छटाले मात्र नभएर कला र संस्कृतिमा धनी छ। यहाँको युवा पुस्ता समेत आफ्नो कला संस्कृति जगेर्नाका लागि एकजुट छन्। गाउँगाउँमा जातीय संघसंस्थामार्फत आफ्नो कला संस्कृति जोगाउँदै आएका छन्।

गाउँघरमा हुने कार्जेहरूमा आफ्नो परम्परागत मौलिक पोसाकमा सजिएका भेटिन्छन्। राई, लिम्बु, मगर, ब्राह्मण, शेर्पा, सुनुवार लगायतका कला संस्कृतिहरू सन्दकपुर महोत्सवमा समावेश छन्। वैशाख १० गतेसम्म चल्ने महोत्सवमा दैनिक जसो विभिन्न जातजातिको झाँकी समावेश हुनेछ।

अहिले इलामको उत्तरी क्षेत्रमा प्रथम सन्दकपुर महोत्सव आयोजना भइरहेको छ। महोत्सवमा विभिन्न जातीय संघसंस्थाहरूले मौलिक पोसाकमा सजिएर झाँकी देखाइरहेका छन्। सन्दकपुरको पर्यटनसंगै कला संस्कृतिको लागि महोत्सव आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश राई बताउँछन्। महोत्सवको आयोजनाका नाममा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएकाले स्थानीय स्तरमा कला संस्कृतिलाई जोगाउन उत्प्रेरित गर्ने उद्देश्य महोत्सवमा राखिएको राईले बताए।

आजकाल गाउँघरबाट डम्फु, च्याब्रुङ, पञ्चेबाजाहरू हराउँदै गएका छन्। गाउँघरबाट बालन र संगीनी गाउने प्रचलनहरू समेत हराउँदै गएपछि जर्गेना गराउने उद्देश्यले महोत्सव आयोजना भएको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली मगर बताउँछन्।

महोत्सवको अवसरमा विभिन्न जातजातिको कला संस्कृतिलाई एकै ठाउँमा हेर्न पाउँदा खुशी लागेको स्थानीय चक्रदिप मुखिया बताउँछन्। उनले सुनुवार समाजको कला संस्कृतिलाई संयोजन गरेर महोत्वसमा सहभागी समेत गराएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.