|

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति वांगखडे क्रिकेट स्टेडियममा पञ्जाबले मुम्बईलाई १३ रनले पराजित गरेको हो। 

पञ्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि सुर्यकुमार यादव र क्यामरुन ग्रीनले अर्धशतकीय ईनिङ खेले। ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६७ रन बनाए। सूर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५७ रन बनाए। 

यस्तै कप्तान रोहित शर्माले २७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए। टिम डेबिडले १३ बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाए। 

पञ्जाबका लागि अर्शदिप सिंहले ४ तथा लियम लिविंस्टोन,नाथन एलिसले १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो। सात खेलमा चार जित र तीन हार व्यहोरेको पन्जाब १० टोली सहभागी प्रतियोगिताको पाँचौँ स्थानमा उक्लिएको छ। छैटौँ खेलमा तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको सातौँ स्थानमा कायमै रहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.