|

काठमाडौं : युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्यड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार राति भएको खेल १-१ को बराबरीमा सकिएको हो। 

रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा सिटीले गोल फर्काएको थियो। सिटीले पहिलो हाफमा रियललाई पूर्ण दबाबमा राखेपनि अग्रता भने रियलले लिएको थियो। 

खेलको ३६ औं मिनेटमा रियलले सुरुवाती अग्रता लिएको थियो। काउन्टर अट्याकमा एडुआर्डो कामाभिंगाले बढाएको बललाई भिनिसियस जुनियरले गोलमा परिणत गरे।

दोस्रो हाफको ६७ औं मिनेटमा सिटीले खेल बराबरीमा ल्यायो। कप्तान इल्काए गुन्डोगनको पासमा केभिन डे ब्रुएनाले सुन्दर गोल गरे। 

९० औं मिनेटमा एडरसनले सुन्दर बचाउ गर्दै रियललाई अग्रता लिन दिएनन्। औरेलिएन चुआमेनीले लामो दुरीबाट गरेको प्रहारलाई एडरसनले डाइभमा पन्च गर्दै गोलबाट टाढा राखे। दोस्रो लेग अर्को साता सिटीको घरेलु मैदानमा हुनेछ।

सेमिफाइनल चरणको दोस्रो खेलमा बुधबार राति इन्टर मिलान र एसी मिलान भिड्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.