|

काठमाडौं : भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ। मंगलबार बिहान ५ बजे बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्। 

बाँधका ढोका राति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताइन्। बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा रहन तथा नदी छेउछाउ नजान महाशाखाले आग्रह गरेको छ। 

यसअघि आइतबार भारतीय कम्पनी एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै सिल्ट सफाई कार्यका लागि बाँधका ढोका खोल्न लागिएको जानकारी गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.