|

गुल्मी : गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी १५ वर्षीय टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बुधबार साँझ  घरमै काम गरी रहेको समयमा चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा  बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।  

शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.