|

पर्वत : जिल्लाको कुश्मा–दुर्लुङ सडक खण्डअन्तर्गत कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा शनिवार साँझ भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नम्बरको जिप साँझ साढे सात बजेको समयमा दुर्घटनामा परेको थियो।

जिपमा सवार सबैलाई तत्कालै उद्धार गरी उपचारकf लागि पर्वत अस्पतालमा लगिएकोमा कुश्मा नगरपालिका–३ की सात वर्षीया शीतल विकको उपचारका क्रममा निधन भएको छ। टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा मृत्यु भएको हो।​

दुर्लुङकै चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ। ट्राफिक प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ।

दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन्।

उकालो बाटोमा चढ्दै गरेको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०-३५ मिटर तल खसेको थियो।

जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको र जिप घटनास्थलमा सवारीधनीको जिम्मामा रहेको ट्राफिक प्रहरी प्रमुख निउरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.