|

बैतडी : महाकाली राजमार्गमा कार दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्। धनगढीबाट गाेकुलेश्वर जाँदै गरेकाे सु.प.प्र ०१००१ च ३८२१ नम्बरको कार बैतडीको सतबाँझ-गाेकुलेश्वर सडकखण्डकाे खाेचलेक नजिक दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा परी कार चालक  बैतडीको  दशरथचन्द नगरपालिका-१ गुरुखाेलाका नरेन्द्र भट्ट र दार्चुलाकाे शैल्यशिखर नगरपालिका-९ का शेरबहादुर बाेहरा घाइते  भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

घाइते दुबैको अवस्था गम्भीर रहेकाले  जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा डडेल्धुरा अस्पताल पठाइएको छ। 

कार सडकदेखि १५० मिटर तल खसेको हो। कार दुर्घटनाको कारण कारण खुल्न सकेकाे छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.