|
फाइल फोटो

चितवन : पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ। 

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.