|
फाइल फोटो

काठमाडौं : पहिरो पन्छाएर सञ्चालनमा आएको दुई घण्टामै मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ। 

चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। पहिरो पन्छाएर बिहान ३ बजेदेखि सडक खुलाइएकोमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। 

अहिले सडक खुलाउने प्रयास भइरहेको र केहीबेरमै सञ्चालनमा आउने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पानी पर्नेवित्तिकै पहिरो खस्दा यो सडक अवरुद्ध भइरहने गरेको छ। त्यसैले सकेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गर्दै आएको  छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.