|

काठमाडौं : पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। 

पहिरो पन्छाएर बिहान ३ बजेदेखि सडक खुलाइएकोमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। अहिले पहिरो पन्छाइएसँगै सडकखण्ड सञ्चालनमा  आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। 

पहिरोका कारण रोकिएका सयौं सवारी साधन गन्त्यवतर्फ लागेका छन्। पानी पर्नेवित्तिकै पहिरो खस्दा यो सडक पटक पटक अवरुद्ध हुने गरेको छ। त्यसैले सकेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गर्दै आएको  छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.