|

काठमाडौं : आज विशेष रुपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आज जनैपूर्णिमा पर्व मनाईंदैछ। 

आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो (रक्षाबन्धन) बाँध्ने र जनै लगाउने प्रचलन छ।

जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ। स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ।

आज बिहानैदेखि रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत बागमती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्नेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.