|
सांकेतिक तस्विर

काठमाडौं : गोरखा–आँबुखैरेनी सडकखण्डअन्तर्गत कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । 

केहीबेर अघि पुगेको सेनाको टोली उक्त वस्तु निष्क्रय पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए। 

शनिबार बिहान ५ बजे मुख्य सडकमा टेप बाँधेर राखेको अवस्थामा प्रेसर कुकर फेला परेको थियो। त्यसपछि सडकमा सवारी आवागन ठप्प भएको थियो । 

शंकास्पद वस्तु निस्क्रिय भएसँगै सडक खुलेको छ। प्रेसर कुकरभित्र बारुद, सिसाका टुक्रा, र लाइटर भेटिएको प्रकहरीले जनाएको छ। शंकास्पद वस्तु राख्ने व्यक्तिको खोजी भइरहेको एसपी श्रेष्ठले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.