|

काठमाडौँ : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गरेको छ। जारी प्रदर्शनीमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाकाे सहभागिता छ। 

प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीको पनि उत्साहजनक सहभागिता देखिएको छ। कोरोना महामारी र आयात प्रतिबन्धका कारण हुन नसकेको नाडा अटो सो यो वर्ष गरिएको हो। 

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० स्टल र ब्लक छन्। प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता छ। 

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता छ।

एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। ६ दिन चल्ने नाडा अटो सोको लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ। 

बाँकी तस्वीरमा:- 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.