घाइतेको पाटन अस्पतालमा उपचार हुँदै

|

काभ्रे : जिल्लाको महभारत गाउँपालिका–५ स्थित् डोटे भोर्लेनीकी निवर्तमान महिला वडा सदस्य ४२ वर्षीय पदममाया लुगेंली घरेलु हतियार हम्मर प्रहारबाट घाइते भएकी छन्। उनी छिमेकी ५५ वर्षीय लनाम सिं वम्जनले टाउकोमा हम्मरले हान्दा घाइते भएकी हुन्।

महाभारत गाउँपालिका–५ का वडा अध्यक्ष विजय रानाले घाइते लुंगेलीलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उक्त अपस्तालले त्यहाँ उपचार सम्भव नभएको भन्दै काठमाडौं रेफर गरेसँगै ललितपुरको पाटन अस्पताल पुर्‍याइएको जानकारी दिए।

उनका अनुसार लुंगेलीको पाटन अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य स्थिति खतरामुक्त रहेको छ।  

अघिल्लो २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट लुंगेली महाभारत–५ को महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन्। उनलाई हम्मर प्रहार गर्ने वम्जन र निवर्तमान वडा सदस्य लुंगेलीको घर करिब १० मिनेटको दूरीमा पर्छ।

अचम्म लाग्दो कुरो के छ भने लुंगेलीमाथि आक्रमण गर्ने वम्जन विष सेवनबाट अचेत अवस्थामा भेटिए। वम्जन बुधबार लुंगेलीमाथि आक्रमणपछि बेपत्ता थिए।

प्रहरी र वडा अध्यक्ष रानासहितको स्थानीयहरुले खोजी गर्दासमेत नभेटिएपछि फेरि आज (बिहीबार) बिहान खोजी कार्य गर्दा बम्जन घर नजिकैको मकै बारीमा विष सेवन गरी अचेत अवस्थामा फेला परेका थिए।

वडा अध्यक्ष रानाले अचेत अवस्थामा फेला पर्नेबित्तिकै उनलाई उपचारको लागि जिल्लास्थित धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए। इलाका प्रहरी कार्यालय बनखुले निवर्तमान महिला वडा सदस्य लुंगेली तिजमा गएर माइतीबाट घर फर्किने क्रममा वम्जनले बाटोमा आक्रमण गरेको जनाइएको छ।

घाइते निवर्तमान महिला वडा सदस्य लुंगेलीले आफूहरूबीच यसअघि कुनै विषयमा विवाद नभएको बताइन्। उनले एक्कासि आफूमाथि हम्मर प्रहार गर्दा अचम्मित भएकी सुनाउँदै किन र के कारणले आफूमाथि ज्यान लिने गरी आक्रमण गरे? भन्नेमा थाहा नभएको बताइन्। घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.