काठमाडौं : शिल्पी कला समूहले 'खाद्यका लागि कृषि अभियान'सँगको सहकार्यमा रङ्गमञ्च बिनाको नाटक 'सट्टापट्टा' लिएर देशका विभिन्न स्थानमा मञ्चन गर्ने तयारी गरेको छ।
असोज १४, १५ र १६ गते शिल्पी थिएटरको प्राङ्गणमा नाटक मञ्चन गरिनेछ।
काठमाडौंबाहेक देशका विभिन्न भागमा समेत 'सट्टापट्टा' नाटक मञ्चन गरिने शिल्पी कला समूहका निर्देशक घिमिरे युवराजले जानकारी दिए।
काठमाडौंपछि यो नाटकलाई लमजुङमा असोज १७ गते, तनहुँमा असोज १८ गते, यसैगरी पोखरामा असोज १९ गते, चितवनमा असोज २० गते, रौतहटमा असोज २२ गते, सिन्धुलीमा असोज २३ गते, महोत्तरीमा असोज २४ गते, सुनसरीमा असोज २५ गते, मोरङमा असोज २६ गते र झापामा असोज २७ गते मञ्चन गरिनेछ।
केही दशकअघिसम्म खेतीपाती भनेको स्वाभिमानी किसानको सामाजिक उद्यम र यसबाट आउने उपज खानयोग्य, विविधतापूर्ण र पोषणयुक्त प्राकृतिक उत्पादन थियो तर अब यस्तो रहेन । यो कृत्रिम रसायन, विषादी र प्रविधिको सहायताले औधोगिक कारखानामा बनाइने कृत्रिम उत्पादन भएको छ ।
खानाका लागि गरिने खेतीपातीलाई अहिलेलाई व्यापारको वस्तु बनाएको बिषयमा नाटक केन्द्रित रहेको छ। नाटकमा कलाकारहरू संगीता उराँव, स्मारिका फुयाल, सुशीला विश्वकर्मा, सुनिता गाहा मगर, भकेन्द्र बिसी, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, ज्याक बराल, अनुप तिमल्सिना र प्रेमचन्द पाण्डेयको अभिनय रहेको छ। स्मारिका फुँयाल र अनुप तिमल्सिनाको प्रत्यक्ष संगीत रहेको नाटकमा पुनम उराँवको भेषभूषा रहेको छ।
तस्वीरहरु:-
तपाईंको ईमेल गोप्य राखिनेछ ।