|

काठमाडौं : बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ। विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकोमा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो।

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५३ अर्ब रुपैयाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ। आव २०७८/७९ मा ६१ अर्ब रुपैयाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो। अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपैयाँ बराबरको ग्यास आयात कम भएको छ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउन बिजुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको जानकारी दिए। 

आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको उनको भनाइ छ। विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको उनको भनाइ छ। बिजुलीभन्दा सस्तो पर्ने र पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इण्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ। ग्यास बिक्रेता महासंघका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए। 

आर्थिक संकटका कारण होटल, रेष्टुरेन्टको व्यापारकम हुनु, विद्युत् आपूर्ति नियमित हुनु, बढ्दो महँगीलगायले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ। मुलुकमा देखिएको आर्थिक कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको अर्यालले बताए।

मुलुकमा देखिएको आर्थिक संकटका कारण ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी आएको उनको भनाइ छ। 

नेपालमा विभिन्न ५५ वटा ग्यास उद्योगले आयात गरी बजारमा वितरण गर्ने गरेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.