|

गुल्मी : गुल्मीका दुई स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्। 

प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले मंसिर ७ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए।

बिहीबार स्थानीय सरकार मातहतका कार्यालय,शैक्षिक संस्थालगायत बन्द रहने पालिकाले जारी गरेको सूचनामा उल्लेख छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.