|

काभ्रेपलाञ्चोक : धुलिखेल नगरपालिका ११ बानियाँछापमा आगलागी हुँदा एक घर र गोठमा क्षति पुगेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज बिहान करिब ४ बजेतिर स्थानीय बलराम धिमालको तीन तले कच्ची घरमा अचानक आगलागी भएको हो ।

आगलागीको सूचना पाए लगत्तै पुगेको जिल्ला प्रहरीको टोली तथा धुलिखेल नगरपालिकाको दमकलको सहायताले बिहान पौने ७ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

आगलागी भएको घरमा मानिस नबस्ने भएकोले आगलागीको यकिन कारण खुल्न नसकेको उनले बताए। श्रेष्ठका अनुसार घरमा अन्नपात मात्र भएकोले मानवीय र चौपायामा कुनै क्षति भएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.