|

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सम्मेलनमा भाग लिने नेताहरूले तापमान वृद्धिले ल्याउने खतरा रोक्ने कुरामा जोड दिन आवश्यक रहेको बताएका छन्। 

संयुक्त राष्ट्र प्रमुखले न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा पत्रकारसँगको कुराकानीमा सप्ताहन्तमा अन्टार्कटिकामा बरफ पग्लिरहेको र गम्भीर रूपमा स्तब्ध पार्ने गति भइरहेको बताए। उनले १९९० को शुरुवातको दर भन्दा तीन गुणा छिटो हिउँ पग्लिरहेको बताए। ‘हालको तथ्याङ्कले देखाउँछ कि, दक्षिण ध्रुवमा समुद्री  बरफको वर्तमान सीमा यस सिजनको औसतभन्दा १.५ मिलियन वर्ग किलोमिटर कम छ’, उनले भने, ‘यो क्षेत्र पोर्चुगल, स्पेन, फ्रान्स र जर्मनीको कुल संयुक्त भूमिमास बराबर छ।’

उनले जलवायु परिवर्तनका कारण बाढी र नुनिलो पानीको प्रभावले खाद्य र पानीका स्रोतहरूमा प्रभाव पार्ने बताए। यसले साना टापुहरू र विश्वभरका धेरै तटीय शहरहरूको दिगोपनलाई असर गर्ने उनको भनाइ छ।

हिउँ घट्दै जाँदा र तातो मौसम तीव्ररूपमा बढ्ने र यसले सम्पूर्णमा असर पुग्ने बताए। उनले कोप २८ सम्मेलनमा विश्व नेताहरूले जलवायु परिवर्तनबाट भइरहेको असरको चक्र तोड्नुपर्ने धारणा राखे। ‘यसका लागि नवीकरणीय उर्जाको तीन गुणा प्रयोग, ऊर्जा दक्षतामा दोब्बर बनाउने र २०३० सम्ममा सबैका लागि स्वच्छ उर्जामा पहुँच गर्ने विश्वव्यापी सम्झौता पर्याप्त हुन्छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.